स्लोभाकिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

काठमाडौं । स्लोभाकिया पठाइदिन्छु भन्दै ठगीमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गोंगबुस्थित ग्लोबल भिलेज सोर्स प्रालिमा कार्यरत सामाखुसी बस्ने गुल्मी धुर्कोट ६ का ३२ वर्षीय इन्द्रबहादुर पछाईलाई सोमबार साँझ पक्राउ गरेको हो ।
इन्द्रबहादुरले स्लोभाकियामा जान भन्दै प्रतिव्यक्ति ९ लाख ५० हजार रुपैयाँ लाग्छ र उता पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा काममा लगाइदिन्छु मासिक १ लाख ३० हजार रुपैयाँसम्म तलब हुन्छ भनी प्रलोभनमा पारी तीनजनाबाट रकम उठाएर फरार भएका थिए । पीडितबाट इन्द्रबहादुरले ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई गोंगबुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया