बुधबार, पुष २, २०८२

महाकाली नदीमा आज बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

नेपालखोज २०७९ असार १६ गते ६:२५

 काठमाडाैं । महाकाली नदीमा आज जलस्तर बढ्नसक्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा आज जलस्तर बढ्नसक्ने सूचनामार्फत जनाएकाे हाे ।

आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको प्रशासनले जनाएको हाे ।

जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया