तेस्रो नेपाल स्पोर्टस च्याम्पियनसिप असार २३ बाट !
नेपालखोज
२०७९ असार १६ गते १२:१५

काठमाडौं । नेपाल स्पोर्टस संघको आयोजनमा तेस्रो नेपाल स्पोर्टस च्याम्पियनसिप असार २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ ।
संघले पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करण आयोजना गर्न लागेको जानकारी गराएको हो । छोटो समयमै विश्वका युवा माझ लोकप्रिय खेल स्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ रुचाइएको छ ।
थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा २, सीएस गो, एमएलबीबी, टेकेन ७ र पब्जी गरी ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
आयोजक संघका अध्यक्ष सुरज डंगोलले च्याम्पियनसिपका प्रतियोगिताहरु सञ्चालन भइसकेको र असार २३ गतेदेखि फाइनल खेलहरु आयोजना हुनेसमेत जानकारी गराए ।
च्याम्पियनसिपलाई इन्डोनेसियाको बालीमा आयोजना हुने १४औं विश्व स्पोर्टस् च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिताका रुपमा समेत रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया