मंगलबार, वैशाख १८, २०८१

चौबीस घण्टामा ५५ जनामा कोरोना, १७ जना डिस्चार्ज

नेपालखोज २०७९ असार १६ गते १६:५५

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा जम्मा ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट २६९८ को नमुना परीक्षण गर्दा ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

१ हजार ५३२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ११६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा हाल २८० जना सक्रिय संक्रमित छन् ।

त्यस्तै, गत चौबीस घण्टामा थप १७ जना कोरोना भाइरस संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई डिस्चार्ज हुनेको संख्या ९ लाख ६७ हजार ४६२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा संक्रमण मुक्त हुनेदर ९८ दशमलव ८ प्रतिशत छ । त्यस्तै, गत चौबीस घण्टामा थप ३ लाख १६ हजार ४७७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया