नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र
नेपालखोज
२०७९ असार १६ गते १९:४८

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आज (बिहीबार) आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारीसमक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् ।
समारोहमा परराष्ट्रमन्त्री नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

सम्बन्धित








प्रतिक्रिया