राष्ट्रपतिसमक्ष ४ राजदूतले लिए शपथ
नेपालखोज
२०७९ असार १६ गते २१:१०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवनमा शीतलनिवासमा आज (बिहीबार) आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । शपथ लिने राजदूतहरुमा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अस्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) छन् ।
समारोहमा परराष्ट्रमन्त्री नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत बताएका छन् ।

सम्बन्धित








प्रतिक्रिया