बुधबार, पुष २, २०८२

विद्यालयमा महालक्ष्मीको खानेपानी व्यवस्थापन

नेपालखोज २०७९ असार १६ गते २१:१८

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको झक्तपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत चाँगुनारायण नगरपालिका ६, नगरकोट, बेंसीटोलस्थित रहेको चेतना आधारभूत विद्यालयमा बालमैत्री खानेपानीको धारा निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित कार्यक्रम भक्तपुर शाखाका शाखा प्रबन्धक अनु श्रेष्ठले उक्त बालमैत्री धारा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

यस प्रकारको सहयोगले उक्त विद्यालयमा रहेका बालबालिकाहरूलाई स्वस्थ पिउने पानी उपलब्ध हुनुका साथै उनीहरूको सरसफाईमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ । बैंकले प्रदेश १ मा ५, मधेस प्रदेशमा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

बैंकले ग्राहकहरूको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्ेश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई कमर्स कार्ड र डलर कार्ड जारी गरिसकेको छ ।

प्रतिक्रिया