बुधबार, पुष २, २०८२

समृद्धि फाइनान्सले ल्यायो ५ वर्ष ७ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना

नेपालखोज २०७९ असार १७ गते १२:०७

काठमाडौं । समृद्धि फाइनान्सले रेमिट्यान्स मुद्दती निक्षेपको योजनाअन्तर्गत पाँच वर्ष सात महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथै फाइनान्सले नौ वर्षमा पैसा तेब्बर, १४ वर्षमा पैसा पाँच गुणा र १८ वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि सार्वजनिक गरेको छ ।

यस निक्षेप योजनाको लक्षित ग्राहक, विदेशमा काम गर्ने व्यक्तिको परिवारका सदस्य, रेमिट्यान्स ग्राहक, दीर्घकालीन लगानीमा रुचि राख्ने रेमिट्यान्स आम्दानी भएका ग्राहक र विदेशमा काम गर्ने व्यक्तिहरूले आफ्ना छोराछोरीहरूको भविष्यको शिक्षाका लागि पैसा जम्मा गर्न चाहने ग्राहकलाई पनि आकर्षित गर्नु रहेको फाइनान्सले जानकारी दिएको छ ।

न्यूनतम ५० हजार रुपैयाँदेखि नै खाता खोल्न सकिने र समृद्धि फाइनान्सको पाँचवटै शाखाबाट यो सेवा लिन सक्ने व्यवसाय प्रवर्द्धन विकासका अधिकृत सुरजकुमार सर्राफले जानकारी गराएका छन् ।

फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२ दशमलव २५ प्रतिशत र बचत निक्षेपमा अधिकतम १० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरूसमेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँचवटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सन्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया