बुधबार, पुष २, २०८२

चेक मुद्दामा फरार नाम्गेल दोर्जे पक्राउ

नेपालखोज २०७९ असार १७ गते १३:०५

काठमाडौं । चेक अनादर विगो मुद्दाका फरार प्रतिवादी काभ्रे चौरीदेउराली गाउँपालिका–९ वतन भई ललितपुर पुल्चोक बस्ने ४९ वर्षीय नाम्गेल दोर्जे लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

चेक अनादर विगो मुद्दामा जिल्ला अदालत काठमाडौंको २०७७ माघ २५ गतेको फैसलाले एक करोड २० लाख रूपैयाँ बिगो र चेक जारी भएको मितिदेखि भरी भराउ मितिसम्म कानुन बमोजिमको व्याज समेत निवेदकलाई भराइ दिन ठहर भई अदालतको सूचना म्यादमा हाजिर नभएकोले जिल्ला अदालत काठमाडौंको २०७९ असार १० गतेको आदेशले २ वर्ष कैद सजाय समेत सुनाएकाे छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया