मञ्जुश्री फाइनान्सको शाखा हेटौँडामा
नेपालखोज
२०७९ असार १७ गते १५:२१

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले मकवानपुर जिल्ला, हेटौडा उपमहानगरपालिका वडा नं -०४, स्कूल रोडमा आफ्नो २६औं शाखा उद्घाटन गरेको छ । फाइनान्सका अध्यक्ष इन्दिरा पण्डित घिमिरेले एक समारोहकाबीच उक्त शाखा कार्यालयको उद्घाटन गरेकी हुन् ।
२०७८ साल जेठ मसान्त सम्म एक अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाईनान्सले १० अर्ब ९६ करोड रुपैंयाँ निक्षेप संकलन गरी १० अर्ब ९३ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाईनान्सले विप्रेशण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया