बुधबार, पुष २, २०८२

ज्ञानेन्द्रप्रसाद ढुंगानाले सम्हाले नबिल बैंककाे कार्यभार

नेपालखोज २०७९ असार १७ गते १६:४७

काठमाडाैं । नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आजदेखि कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको हिजोको बैठकले प्रमुख कार्यकारी अधिकृतमा उनलाई औपचारिक नियुक्त गरेको हो । उनी यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । ढुंगाना चार्टर्ड एकाउण्टेण्ट हुन् ।

त्यस्तै, उनले नेपाल क्रेडिट एण्ड कमर्श बैंकको महाप्रबन्धक भएर काम गरिसकेका छन् । उनीसँग नेपाल राष्ट्र बैंकको निर्देशकका रूपमा काम गरेको अनुभव पनि छ ।

उनले भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सीपीए) तथा वित्तिय विश्लेषणमा स्नातकोत्तर गरेका छन् । उनी सन् २०१८ मा नेपाल बैंककर्स एसाेसिएसनको अध्यक्ष पनि भएका थिए ।

प्रतिक्रिया