बुधबार, पुष २, २०८२

बैंंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७९ असार १७ गते १७:४७

काठमाडौं । बैंंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) का अनुसार महोत्तरीको लोहरपटी–७ घर भइ ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङको बेत्रावती–५ घर भइ तारकेश्वर–१० मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङ गुरुङलाई पक्राउ गरिएको हो ।

पर्याप्त मौज्दात रकम नभएको खाताबाट रकम भुक्तान हुने भनी जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्ने बैंकिङ कसूर मुद्दाहरुमा ति दुई प्रतिवादीहरुलाई उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजू भई फरार रहेका निजहरुलाई यस केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले शुक्रबार काठमाडौंको वालुवाटारबाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु दुबैलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस सीआईबीले जानकारी दिएको छ । सीआईबीका अनुसार पक्राउ परेकाहरु मध्ये शर्मालाई ११ दिन कैद र ५५ लाख रुपैंयाँ जरिवाना एवं गुरुङलाई दुई दिन कैद र नौं लाख ९० हजार रुपैंयाँ जरिवाना तोकिएको छ ।

प्रतिक्रिया