बुधबार, पुष २, २०८२

‘देशभक्तिको सवालमा सतिसाल हुन् बिजुक्छे’

नेपालखोज २०७९ असार १७ गते १८:०३


काठमाडौं । वरिष्ठ वामपन्थी नेता एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे देशभक्तिको सवालमा सतिसालझैं रहेको निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले बताएका छन् ।

पत्नीशोकमा रहेका बिजुक्छेको भक्तपुरस्थित निवासमा शुक्रबार पुगी समवेदना प्रकट गर्दै डा. अहिराजले सो कुरा बताएका हुन् । राष्ट्रियता र देशभक्तिको सवालमा सधैं अटल रहने बिजुक्छेको राजनीतिक यात्राबारे प्रशंसा गर्दै उनले भने, ‘नेपालका राजनीतिज्ञहरुले नारायणमान बिजुक्छेबाट देशप्रति समर्पण र त्याग सिक्नुपर्छ ।’

उनले राष्ट्रियता र देशभक्तिप्रति बिजुक्छेको सिद्धान्तलाई प्रसंशा गरेका छन् । बिजुक्छेकी पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा असार ८ गते निधन भएको थियो । डा. अहिराजले बिजुक्छेको भक्तपुरस्थित निवासमै पुगी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया