बुधबार, पुष २, २०८२

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच निर्जीवन बिमा सम्बन्धी कार्य गर्न सम्झौंता

नेपालखोज २०७९ असार १७ गते १८:२८

काठमाडौं । अजोड इन्स्योरेन्स र ज्यापु समाजबिच सम्झौंता भएको छ । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनकाबीचमा ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी व्यवसायी सदस्यहरुको निर्जीवन बिमा सम्बन्धी कार्य गर्न सहमति भएकाे हाे ।

साथै बिमा सचेतना, बिमा जागरण तथा बिमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको हो । सो अवसरमा अजोड इन्स्योरेन्सका कर्मचारीहरुको र ज्यापु समाजयलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया