बुधबार, पुष २, २०८२

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, केन्द्रीय सदस्यको नाम टुंगो लगाइँदै

नेपालखोज २०७९ असार १८ गते १०:२८

काठमाण्डौं । केन्द्रीय सदस्यको नाम टुङ्गो लगाउने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बबरमहलस्थित पार्टी कार्यालयमा अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगायत समसामयीक विषयमा समेत छलफल गर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डा बैठकका लागि तय गरिएका छन् । ‘ अपराह्न १ बजे देखी बस्ने बैठकले केन्द्रीय कार्यसमितिको सदस्यको सङ्ख्या टुंग्याउनेदेखी सरकारलाई बुझाएको ज्ञापन पत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले भने ।

प्रतिक्रिया