बुधबार, पुष २, २०८२

‘२० मा बिज’ क्याम्पियनमा सपिङ गरी स्मार्टफोन जित्न सकिने

नेपालखोज २०७९ असार १८ गते १५:४५

काठमाडौं । नेपालका साना तथा मझौला उद्यमलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई-कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा बिच’ नामक क्याम्पियनअन्तर्गतको असार महिनाको क्याम्पियन असार १९ गते राति १२ देखि २२ गतेसम्म लाइभ हुने भएको ।

यही असार २० गतेका दिन बिजबजारले अपराह्न ४ बजेदेखि राति ८:२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ । जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

यस क्याम्पियनअन्तर्गतको सेभ बिग योजनामा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानमा मात्र, फ्ल्याट एमाउन्ट डिस्काउन्ट भारी रकम छुट प्राप्त गर्न सक्नेछन् । लक्की ड्र योजनाअन्तर्गत कम्तीमा तीन हजार रुपैयाँबराबरको सामान खरिद गर्ने सेवाग्राहीहरूमध्ये एक भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत उपहार स्वरूप स्मार्टफोन प्राप्त गर्नेछन् ।

त्यसैगरी असार २० गते, बिजबजार ई-कमर्स प्लेटफर्ममा रजिस्टर्ड हुने नयाँ ग्राहकले १२० रुपैयाँबराबरको डिस्काउन्ट कुपन प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीले बिजबजारको अफिसियल सामाजिक सन्जाल तथा वेबसाइटमा प्रतिक्रिया दिँदा एक सय रुपैयाँबराबरको मोबाइल टप अपसमेत प्राप्त गर्नेछन् ।

अर्को योजना पानी पर्यो अफर झर्योअन्तर्गत २० भाग्यशाली सेवाग्राहीले बिजबजारको तर्फबाट छुट साथै आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन् । क्याच एन्ड विन खेलमा सहभागी हुँदा सेवाग्राहीले ५ वटा आकर्षक उपहार जित्न सक्नेछन् । गेस द प्रोडक्ट खेल खेल्दा मोबाइल टप अपसमेत प्राप्त गर्न सक्नेछन् ।

सँग-सँगै सो क्याम्पेनका दिन ‘यसमै छ खुसी’ योजनामा अफरहरूको टाइमर सेट हुनेछ जसमा सेवाग्राहीहरूले समयअनुसार परिवर्तन हुने विभिन्न दरमा छुट प्राप्त गर्न सक्नेछन् । साथै हेल्थ एन्ड ब्युटी, गो स्पोट्र्स क्रेजी, बेबी डिल्सजस्ता अन्य अफर र योजनाहरूसमेत रहेका र २० मा बीचका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा सर्तहरू लागु हुने कुरा कम्पनीले जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै बिजबजार अनलाइन सपिङ एप डाउनलोड गर्न सक्नेछन् भने ल्यापटप वा डेस्कटपबाट बिजबजारको अनलाइन सपिङ सेवा लिन चाहेमा सीधै बिजबजार डटकम डट एनपी टाइप गरेर पनि यो सेवा लिन सकिनेछ ।

प्रतिक्रिया