बुधबार, पुष २, २०८२

बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशतसम्म छुट

नेपालखोज २०७९ असार १८ गते १५:४९

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र युरोपा फिटनेस सेन्टरबीच बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यो सम्झौतापश्चात् ग्राहकले युरोपा फिटनेसमा उपलब्ध हुने सेवामा एकमुष्ठ २५ प्रतिशतको छुट पाउन सक्नेछन् । उक्त छुटको उपयोग गर्न ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेको छ ।

बैंकले हाल १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया