बुधबार, पुष २, २०८२

खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर किशोरीको मृत्यु

नेपालखोज २०७९ असार १८ गते २१:३२

चन्द्रौटा । कपिलवस्तुमा आज चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । शिवराज नगरपालिका–२, बालापुर बस्ने १९ वर्षीय सुशीला थारुको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजंग शाहीले बताए ।

बिहान खेतमा धान रोप्न गएकी थारु चट्याङ लागेर घाइते भएकी थिइन् । उपचारका लागि चन्द्रौटामा रहेको सञ्जीवनी अस्पतालमा लगिएकामा उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया