शनिबार, असार ७, २०८२

सुनचाँदीको मूल्य सामान्य बढ्यो

नेपालखोज २०७९ असार १९ गते ११:३६

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको भाउ बढेकोछ । छापावाल सुन प्रतितोला ३ सयले घटेर ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ३ सयले बढेको छ । आज प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ९६ हजाज ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया