थाइल्यान्डका अधिकांश पर्यटक भारतीय र मलेसियन

बैंकक । अधिकांश भारतीय र मलेसियाली नागरिक आजभोलि थाइल्यान्डमा पर्यटकका रूपमा घुम्न जाँदैछन् । यी दुई देशका नागरिकको भीड थाइल्यान्डमा बढी छ । यस देशले बाह्य पर्यटकहरू प्रवेश गर्नका लागि नियमहरू सहज बनाएकाले पनि बढी भीड हुने गरेको हो ।
यस वर्षको सुरुदेखि अर्थात सन् २०२२ जनवरीदेखि अहिलेसम्म २० लाख बढीले यो देशको भ्रमण गरिसकेका छन् । बाह्य पर्यटकको बढीभन्दा बढी भ्रमणले दक्षिणपूर्वी एसियाली राष्ट्रकै सुस्त अर्थतन्त्रलाई बढावा दिन टेवा पुगेको छ ।
जनवरी १ देखि जुन २६ सम्म थाइल्यान्डमा २० करोड ३० लाख विदेशी पर्यटकको आगमन भएको त्यहाँका उपसरकारका प्रवक्ता ट्रेजरी तैसरनाकुलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भारत, मलेसिया, बेलायत, सिंगापुर र संयुक्त राज्य अमेरिकाका यात्रु सूचीमा शीर्ष स्थानमा रहेको प्रवक्ता तैसरनाकुलले बताइएकी छन् ।
वास्तवमा थाइल्याण्डको पर्यटन उद्योग कोरोना महामारीको समयमा लगभग ध्वस्त नै भएको थियो । यस देशले जुलाई १ देखि भने पूर्वयात्रा दर्ता र अनिवार्य चिकित्सा बीमा खारेज गर्दै औसत मासिक आगमन लगभग १५ लाख मिलियनमा पुग्ने अपेक्षा गरेको छ ।
दक्षिणपूर्व एसियाको दोस्रो ठूलो अर्थतन्त्र भएको थाइल्यान्डले यात्रा र व्यवसायहरूमा महामारी युगको अधिकांश कर्बहरू फिर्ता लिएको छ । केही दिनअघि मात्रै थाइल्यान्डले पब र बारहरूलाई सामान्य अपरेटिंग घण्टामा फर्कन अनुमति दिँदै मास्क जनादेश हटाइ दिएको छ । महामारीअघि होटल तथा रेन्टुरेन्टले कुल गार्हस्थ्य उत्पादनको १२ प्रतिशत हिस्सा ओगट्दै आएका थिए ।
महामारीपछि अब भने थाइल्यान्डमा पर्यटनमा निर्भर अर्थतन्त्र थप सुधार हुने देखिएको छ । ‘कमजोर मुद्रा र भांगको भर्खरको वैधानिकताले थाइल्याण्डमा थप पर्यटकहरू फिर्ता ल्याउन मद्दत गर्न सक्छ’, पर्यटन र खेलकुद मन्त्री फिफाट रत्चकितप्रकर्णको भनाइ उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
थाइल्यान्डको पर्यटन मन्त्रालयले यस वर्ष ७५ लाख विदेशी आगमनलाई आकर्षित गर्ने पूर्वानुमान गरेको छ । तर चीनको शून्य कोविड नीति र रुस–युक्रेन युद्धका कारणले धेरैकम चिनियाँ पर्यटकहरू आउने आकलन गरिएको छ । यता थाइल्यान्डले भने चिनियाँ आगन्तुकहरूबिना पर्यटक आगमनको प्रि–कोविड स्तर देख्न असम्भव रहेको जनाएको छ ।
विद्यार्थी र व्यवसायिक अधिकारीहरूलार्य छुट्टी मनाउन ट्राभल कर्बको क्रमिक सहजता र दुई देशहरू बीचको उडानहरू पुनः सुचारुले यस देशमा पर्यटन प्रवर्द्धन हुनेमा थाइल्यान्ड आशावादी देखिएको छ । आधिकारिक तथ्यांकका अनुसार सन् २०१९ मा थाइल्यान्डमा कुल ४ करोड पर्यटकमध्ये चिनियाँ पर्यटकले झन्डै ३० प्रतिशत हिस्सा अोगटेको छ।
प्रतिक्रिया