५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि २४ लाख मात्रा खोप आइपुग्यो
नेपालखोज
२०७९ असार १९ गते १२:१४

काठमाण्डौं । ५ देखि ११ वर्षसम्मका बालबालिका लागि कोरोना भाइरस विरुद्धको थप करिब २४ लाख मात्रा फाइजर खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।
यो खोप हाल अभियान जारी रहेको देशका २७ जिल्लामा पठाइने उनले बताए ।
खोप अभियान सञ्चालन गरिएका २७ जिल्लाका पहिलो मात्रा लगाउन छुटेका बालबालिकालाई समेत यो खोप दिइनेछ ।
यो खोप माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । यसअघि सरकारले ६ असारमा पनि २२ लाख मात्रा खोप प्राप्त गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया