शुक्रबार, वैशाख १२, २०८२

राष्ट्र बैंकले उठायो २ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण

कुन त्रैमासमा कति आन्तरिक ऋण उठाइयो ? (हेर्नुहोस् तालिका)

नेपालखोज २०७९ असार १९ गते १४:५६

काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले सरकारका लागि दुई खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँबराबरको आन्तरिक ऋण उठाएको छ ।

राष्ट्र बैंकका अनुसार अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका टे«जरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायत मौद्रिक उपकरणहरू बिक्री गरेर उक्त परिमाणमा आन्तरिक ऋण उठाइएको हो ।

यसअन्र्तगत चालु आवको पहिलो त्रैमासमा कुनै पनि प्रकारको आन्तरिक ऋण नउठाएको राष्ट्र बैंकले चालु आवको दोस्रो त्रैमासमा ६ अर्ब रुपैैयाँबराबरको आन्तरिक ऋण उठाएको थियो । चालु आवको तेस्रो त्रैमासमा भने ९९ अर्ब ४६ करोड ९३ लाख ४० हजार रुपैयाँबराबरको आन्तरिक ऋण उठाइएको छ ।

यसैगरी चालु आवको चौथो त्रैमासमा भने कुल एक खर्ब २५ अर्ब ८३ करोड ३६ लाख ६० हजार रुपैयाँबराबरको आन्तरिक ऋण उठाइएको राष्ट्र बैंकको भनाइ छ ।

प्रतिक्रिया