चाैबीस घण्टामा थपिए ५३ संक्रमित, २० जना डिस्चार्ज
नेपालखोज
२०७९ असार १९ गते १६:१०

काठमाडौं । पछिल्लो चाैबीस घण्टामा देशभर ५३ जना कोभिड १९ संक्रमित थपिएका छन् । १ हजार १६२ जनामा गरिएकाे पीसीआर परीक्षणबाट ३९ र ९५८ जनामा गरिएकाे एन्टिजेन परीक्षणबाट १४ जना गरी जम्मा ५३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
आज थप २० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ । ४७ हजार ४४ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया