माओवादीको केन्द्रीय समिति बैठक आज पनि
नेपालखोज
२०७९ असार २० गते ६:५९

काठमाडाैं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमबार पनि बस्ने भएको छ । आइतबारदेखि काठमाडौंमा सुरु भएको बैठक आज पनि बस्ने भएकाे हाे ।
बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले विभिन्न आठवटा अजेन्डा प्रस्तुत गरेका थिए । आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ ।
जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन् । केन्द्रीय सदस्यमा नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणी पोखरेल, जनार्दन शर्मा, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मातृकाप्रसाद यादवलगायत छन्। चार केन्द्रीय सदस्य खाली राखिएको छ ।
सम्बन्धित








प्रतिक्रिया