पुँजी बढाउने तयारीमा रिलायन्स लाइफ इन्स्योरेन्स

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज (सोमबार) कम्पनीको विशेष साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाका अध्यक्ष ताराचन्द केडियाले साधारणसभाको अध्यक्षता ग्रहण गरी छलफलका प्रस्ताव प्रस्तुत गरेका थिए ।
कम्पनीका अन्य सञ्चालकमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी, सरिता भट्ट अधिकारी, परीक्षित खेम्का तथा बद्रीप्रकाश पोखरेल छन् । सभाले कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पुँजी वृद्धि एवंं अन्य व्यवस्थाहरूसमेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भए त्यसलाई समाविष्ट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा पुँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी भविष्यमा अन्य कुनै जीवन बिमा कम्पनीसँग आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बिमा कम्पनीको पहिचान र छनोट गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी सोका आधारमा सैद्धान्तिक स्वीकृतिको लागि बिमा समिति समक्ष निवेदन दिने, आवश्यकताअनुसार सम्पत्ति तथा दायित्वहरूको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखापरीक्षकहरू नियुक्त गर्ने, निजहरूको पारिश्रमिक तोक्ने तथा एक आपसमा गाभ्ने/गाभिनेसँग सम्बन्धित प्रचलित नियम कानुन तथा निर्देशनबमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरू पूरा गरी अख्तियार प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायहरूले निर्देशन गरेबमोजिम विवरण उपलब्ध गराउनेलगायत कार्य गर्न/गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरू पारित गरेको छ ।
साथै, सभाले कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँबाट बढाएर पाँच अर्ब हुने गरी पुँजी वृद्धि गर्ने प्रस्तावसमेत पारित गरेको छ ।








प्रतिक्रिया