मंगलबार, पुष १, २०८२

सेञ्चुरी बैंक ग्राहकलाई धुलिखेलका होटेल तथा रिसोर्टमा विशेष छुट

नेपालखोज २०७९ असार २० गते २०:२२

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकलिमिटेड धुलिखेल शाखाले पर्यटकीय नगर धुलिखेलका सुविधा सम्पन्न विभिन्न होटेल रिसोर्टबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले धुलिखेल लज रिसार्ट, धुलिखेल भिलेज रिसोर्ट, होटल सारथी, माउण्ट प्रिन्सेस होटेल, धुलिखेल नेचर होम र मिरावेल रिसार्ट एन्ड होटेलबाट सेवा लिएबापत बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा छुट पाउने छन् जस अनुसार होटेलको फुड एन्ड बेभरेजमा धुलिखेल लज रिसोर्टमा १५ प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटल सारथीमा १५ प्रतिशत, माउण्ट प्रिन्सेस होटेलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसार्ट एन्ड होटेलमा १५ प्रतिशत छुट पाउनेछन् ।

साथै रुम शूल्कमा धुलिखेल लज रिसोर्टमा १० प्रतिशत, धुलिखेल भिलेज रिसोर्टमा १५ प्रतिशत, होटेल सारथीमा १० प्रतिशत, माउण्ट प्रिन्सेस होटेलमा २० प्रतिशत, धुलिखेल नेचर होममा १० प्रतिशत र मिरावेल रिसार्ट एण्ड होटेलमा २० प्रतिशत छुट पाउनेछन् । सम्झौतापत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र होटेलका रिसोर्टका प्रबन्ध संचालक ÷ प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।

यसअघि बैंकको धुलिखेल शाखा र हिमालय दृष्य रिसोर्टका विच रिसोर्टले दिने सेवा सुविधामा बैंकका ग्राहक तथा कर्मचारीहरुलाई छुट दिने सम्झौता सम्पन्न भई सकेको छ । सेञ्चुरी बैंकले काभ्रेजिल्लामा ७ वटा शाखा धुलिखेल, बनेपा, पनौती, नाला, साँगा, दोलालघाट र नाल्दुम नगरकोटबाट वित्तीय सेवा प्रदान गर्दे आएको छ ।

बैङकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथाशहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुलशाखा एक सय ४५ वटा पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २४ वटा शाखा रहित बंैकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया