मंगलबार, वैशाख १८, २०८१

फेरि बढ्याे इन्धनकाे मूल्य, पेट्रोलमा प्रतिलिटर दुई र डिजेलमा ९ रुपैयाँ वृद्धि

नेपालखोज २०७९ असार २० गते २१:२९

काठमाडाैं । नेपाल आयल निगमले इन्धनकाे मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो ।

निगमले विज्ञप्ति जारी गर्दै पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएकाे छ ।

सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

प्रतिक्रिया