एक्सल ट्रिपको नाम अबदेखि ‘जाम्न’, घरैमा बसेर सस्तोमा होटेल र फ्लाइट टिकट बुकिङ

काठमाडौं । नेपालको पहिलो ओटीए (अनलाइन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी ‘जाम्न’ बनाइएको छ । नेपालीहरूको मुखमा सहजै झुन्डिने शब्द चयन गर्ने क्रममा नाम परिवर्तन गरिएको कम्पनीका संस्थापक सीईओ ज्ञानेन्द्र खड्काले बताए ।
जाम्नको मोबाइल एप र अफिसियल वेबसाइटबाट नेपालको पाँचवटै डोमेस्टिक एयरलाइन्स र एक हजार पाँच सयभन्दा बढी होटेल बुक गर्न सकिन्छ । नेपालकै सम्पूर्ण डिजिटल पेमेन्ट (ई–सेवा, फोन पे, खल्ती) लगायत बैंकहरूको मोबाइल बैंकिङ एप र सम्पूर्ण स्वदेशी एवं विदेशी बैंकका कार्ड प्रयोग गरी नेपालभित्र होटेल र एयरलाइन्स बुक गर्न सकिन्छ । साथै अनलाइनमार्फत रकम भुक्तानी गर्न नचाहने ग्राहकले एपमा ‘पे एट होटेल’को अप्सन छनोट गरी सीधैं होटेलमै रकम भुक्तानी गर्न मिल्नेछ । यस्तै, जाम्न प्रयोगकर्ताले प्रत्यक होटेल बुकिङपश्चात् ‘जीक्यास’ प्राप्त गर्नेछन् । सो जीक्यास प्रयोग गरी उनीहरूले अन्य होटेल बुकिङ, फ्लाईट बुकिङ र फ्रि होलिडेका लागि रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ ।
यसबाहेक जाम्नले जुलाई महिनाभरीका लागि ‘जाम्न ५०० अफर समेत ल्याएको छ । जस अन्तर्गत प्रयोगकर्ताले जाम्न मार्फत होटेल बुकिङलगायत अन्य कारोबारमा गर्दा ‘जाम्न ५००’ प्रयोग गरि ५ सय रुपैयाँको भौचर रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ । साथै जाम्नले नेपालमा रहेका साना अपार्टमेन्ट र होटेल र होमस्टे पनि आफ्नो लिस्टमा समावेश गरेको छ । जसबाट सस्तो रुम लिन चाहने ग्राहकले पनि जाम्नबाट होटेल बुकिङ गर्न सक्ने बताइएको छ ।
ग्राहकले जाम्न नै किन रोज्ने ?
हामी ग्राहकलाई सिधै होटेल र एयरलाइन्ससँग जोड्छौँ । नेपालकै पहिलो ओटिए प्लाटफर्म र एक हजार ५ सयभन्दा धेरै नेपाली होटेलहरू र एयरलाइन्सहरूमा सहजै नेपालको कुनैपनि डिजिटल पेमेन्ट वा बैंक कार्ड प्रयोग गरी बुक गर्न सकिनेछ । भने प्रत्यक बुकिङबाट क्यास ब्याक र जिक्यास पनि प्राप्त गर्न सकिनेछ । व्बबmलब.अयm मा पे एट होटेल भएका कारण सिधै होटेलमै पुगेपछि मात्र रकम भुक्तानी गर्ने व्यवस्था रहेको यो नै पहिलो ओटिए प्लाटफर्म हो ।
होटेलले जाम्न नै किन रोज्ने ?
जाम्न नयाँ डिस्ट्रक्टिभ स्टार्टअप हो । ‘अहिलेको समस्या भनेको होटेलले रुम बेचिसकेर ग्राहक फर्किसक्दा पनि होटेल सञ्चालकले पैसा पाउँदैनन् । अन्य ओटिए प्लेटफर्मले तीन सातासम्म होटेलको पैसा होल्ड गर्छन्,’ खड्का भन्छन्, ‘हाम्रो अर्को रणनीति भनेको यात्रुले होटेल चेकआउट गरेको दुईदेखि पाँच दिनभित्र होटेललाई पैसा दिनु हो ।’
हालसम्म कम्पनीले नाफा कमाउनेभन्दा पनि प्रयोगकर्ता बढाउने र व्यापार प्रवद्र्धन गर्नेतर्फ जोड दिएको खड्का बताउँछन् । त्यस्तै, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा कम्पनीले ‘नेपालको पर्यटन प्रवद्र्धन हाम्रो दायित्व मूल नाराका साथ प्रोमोटिङ नेपाल’ र ‘प्रोमोटिङ डोमेस्टिक टुरिजम नेपाल’ अभियान नै सञ्चालन गर्दै आइरहेको छ । कम्पनीले नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रवद्र्धन गर्ने पनि लक्ष्य लिएको छ ।








प्रतिक्रिया