डिशहोमले बाँड्यो आफ्ना ग्राहकलाई दुई लाख

काठमाडौं । ‘एक वर्षमा २४ महिना योजना’ अन्तर्गत डिशहोमले आफ्ना ग्राहकलाई एक/एक लाख रुपैयाँ वितरण गरेको छ ।
पुरस्कार राशि डिशहोमका डिलरदाई स्ट्रोम नेटवर्क प्रालिका मंगल गुरुङ तथा डिशहोमका क्षेत्रीय बिक्री प्रबन्धक उज्ज्वल न्यौपानेको उपस्थितिमा वितरण गरिएको थियो ।
काठमाडौं बालुवाटारका डा. वेदप्रकाश उप्रेती र बत्तीसपुतली निवासी विन्दा रेग्मीले यो योजनाअन्तर्गत हरेक साता गरिने लक्की ड्रमा एक/एक लाख रुपैयाँ जित्न सफल भएका थिए ।
एक वर्षमा २४ महिना योजनाअन्तर्गत डिशहोम डीटीएचका ग्राहकले एक वर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डीटीएचको सेवा उपभोग गर्न पाउनेछन् । साथै हरेक साता लक्की ड्रमार्फत एकजनाले एक लाख रुपैयाँ जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।
डिशहोमका ग्राहकले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाइकोमा गएर डिशहोमको फन्ड ट्रान्सफरमार्फत आफूले प्रयोग गरेको प्याकेजको एक वर्षको रिचार्ज गर्नुपर्नेछ ।
यस लक्की ड्र हरेक साता सोमबार साँझ ५ बजे डिशहोमको रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा प्रत्यक्ष प्रशारण हुने गर्दछ ।








प्रतिक्रिया