बिहीबार, जेठ २, २०८२

फिजीमा पनि ५ देखि ११ वर्षका बच्चालाई खोप दिन सुरु

नेपालखोज २०७९ असार २२ गते १८:०३

सुभ ।  फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।  फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको हो ।  

सो उमेर समूहका एक लाख ३२ हजार ८९३ बालबालिकालाई खोप लगाउनु पर्ने भएकाले त्यही अनुसारको तयारी गरिएको मन्त्रालयको भनाई छ ।  फिजीका स्थायी स्वास्थ्य सचिव जाम्स फोङ्गले कोरोना भाइरसको महामारी फेरि फैलिने खतरालाई मध्यनजर गर्दै बालबालिकालाई खोप लगाउने निर्णय गरिएको जानकारी दिए । 

उनले बालबालिकालाई आवश्यक पर्ने सबै खोपको व्यवस्था गरिएको र कुनै नकारात्मक असर नपर्ने पनि दाबी गरे ।  बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरूलाई समन्वयकारी भूमिकामा परिचालन गरिने पनि उनले बताए। 

त्यसैगरी विभिन्न स्वास्थ्य संस्थाहरूमा पनि बालबालिकालाई खोप लगाउन पाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय बिदाको दिन पनि खोप लगाउन पाइने व्यवस्था गरिएको छ  । (रासस/सिन्ह्वा) 

प्रतिक्रिया