आइतबार, वैशाख २८, २०८२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विष्णुप्रसाद गैरे पक्राउ

नेपालखोज २०७९ असार २४ गते १५:४३

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विष्णुप्रसाद गैरे पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले पाल्पाको तानसेन घर भएका ५६ वर्षीय गैरेलाई पक्राउ बिहीबार पक्राउ गरेको जानकारी दिएको छ ।

उक्त कार्यालका अनुसार शरद मल्लको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विष्णुप्रसाद गैरे भएको भएको बैंकिङ कसुर तथा मुद्दामा गैरे बिरुद्ध उच्च अदालत पाटन ललितपुरले बिसं २०७९ जेठ २७ गते पक्राउ पुर्जी जारी गरेको थियो । गैरे बिरुद्ध बैंकिङ कसुर अन्तर्गत सात लाख ४० हजार रुपैंयाँ बिगो कायम रहेको छ । अदालतबत्राट पक्राउ पुर्जी जारी भए लगत्तै फरार भएका गैरेलाई पक्राउ गरी शुक्रबार थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया