राष्ट्रपतिद्वारा तीन आवासीय राजदूतको नियुक्ति
नेपालखोज
२०७९ असार २४ गते १५:४८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि आवासीय राजदूत नियुक्त्त गरेकी छन् । उनीहरुलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आवासीय राजदूत पदमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।

सम्बन्धित
प्रतिक्रिया