बिहीबार, पुष ३, २०८२

भट्टराई निवास पुगे बालेन ! के भयो कुराकानी ?

नेपालखोज २०७९ असार २४ गते १६:०९

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भेट गरेका छन् ।

मेयर बालेन काठमाडौंको समग्र विकासको बारेमा राय लिन भट्टराई निवास पुगेका हुन् । उनीहरूबीच सहरी विकास र सभ्यताको विषयमा छलफल भएको थियो । भेटमा काठमाडौंको सवारी जाम व्यवस्थापन, सार्वजनिक सवारी एकद्वारा प्रणालीबाट सञ्चालन गर्ने लगायत सभ्यता र विकास एकसाथ कसरी लैजाने भन्नेबारे केन्द्रीत रहेर मेयर बालेनले भट्टराईसँग सल्लाह लिएको बताइएको छ ।

भेटपछि नव निर्वाचित मेयर बालेनलाई शुभकामना दिँदै भट्टराईले ट्विटरमा लेखेका छन् ‘काठमाडौं मनपा मेयर बालेन शाह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श ! सफलताको हार्दिक शुभकामना !’

प्रतिक्रिया