प्रभु बैंकका ग्राहकलाई र अल्फा हेल्थ केयरमा १५ प्रतिशतसम्मकाे छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र अल्फा हेल्थ केयर एन्ड डाइगोनोस्टीक सेन्टर प्रालीबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार बैंकका तर्फबाट मानव संशाधन विभागका प्रमुख रमेश थापा र अल्फा हेल्थ केयर एन्ड डाइगोनोस्टीक सेन्टर प्रालीका तर्फबाट वरिष्ठ मार्केटिंग कार्यकारी अधिकृत अस्मिता पराजुलीले उक्त सम्झौतामा हस्ताक्षर गरेकी हुन् ।
प्रभु बैंक र उक्त डाइगोनोस्टीक सेन्टर प्रालीबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले अल्फा हेल्थ केयर एन्ड डाइगोनोस्टीक सेन्टर प्रालीद्वारा सञ्चालित सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट गरिएको छ, साथै थप डाक्टर परामर्श चाहिएमा र डाक्टरको सुझाव अनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
प्रभु बैंकका ग्राहकहरुले ५ प्रतिशत छुट फार्मेसीबाट पाउनुहुनेछ यसका साथै रु २००० भन्दा बढीको औषधी खरीद गरेवापत ९५ कि. मि० को दुरीसम्म निस्शुल्क डेलिभरीको व्यवस्था गरिएको छ ।
उक्त सम्झौता अन्तर्गत अल्फा हेल्थ केयर एन्ड डाइगोनोस्टीक सेन्टर प्रालीमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यु आरर पीओएसमेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, अल्फा हेल्थ केयर एन्ड डाइगोनोस्टीक सेन्टर प्रालीका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।








प्रतिक्रिया