सोमबार, पुष ७, २०८२

दराजले आयोजना गर्यो पहिलो वार्षिक दराज समिट

नेपालखोज २०७९ असार २४ गते २०:०९

काठमाडौं । दराज, नेपालको अग्रणी अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन येही असर १९, २०७९ (जुलाई ३, २०२२) मा याक एन्ड यति होटेल, काठमाडौंमा आयोजना गरेको छ ।

एक दिनको यो उक्त कार्यक्रममा आ–आफ्नो क्षेत्रका विज्ञहरु सहित तीन फरक प्यानलहरु रहेका थिए भने प्रमुख वक्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेय र एमओसीआईटीका सचिव डा. वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी रहेका थिए ।

दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको छ भनी बताए । यही सन्धर्भमा उनले दराज ‘परिवर्तनको एक सक्रिय च्यानल’ हुन खोजेको पनि जनाए ।

तीनवटा प्यानलले ‘नेपालमा परम्परागत कमर्सबाट ई–कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एण्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थु्र द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयहरू समेटेका थिए ।

छलफलमा सहभागी प्यानलमा गुरुप्रसाद पौडेल, राष्ट्र बैंक, अम्बिका श्रेष्ठ, द्वारिकाज होटेल, ओमेश लाल श्रेष्ठ, सीएहएस सोलुसन र सिल्भर लाइनिङ, र विमल अर्याल, दराज नेपाल, सुरेश श्रेष्ठ, उद्योग विभाग, शंकर उप्रेती, हाम्रो पात्रो; आयुष श्रेष्ठ, क्लाउड फ्याक्ट्री; र सन्तोष पाण्डे, ओहो केक एण्ड अफरिङ ह्याप्पिनेस गोविन्दबहादुर कार्की, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय; दिलीप अग्रवाल, वर्ल्डलिंक कम्युनिकेसन्स, सञ्जीव सुब्बा, नेपीएस र आँचल कुँवर, दराज नेपाल, रहेका थिए ।

कार्यक्रमको समापन गर्नुअघि दराज नेपालका मार्केटिङ प्रमुख प्रणय केसीले दराज समिट २०२२ का सबै अतिथि तथा सहभागीहरूलाई सम्पूर्ण संस्थाको तर्फबाट कृतज्ञता र सम्मान प्रकट गरे । विगत चार वर्षमा दराजले नेपालमा सेवा प्रदान गर्दै आएको स्थानीयको माग पूरा गर्न भरपर्दो, उपयोगी र लोकप्रिय बजार स्थान बनाउन सफल भएको छ ।

१५,००० भन्दा बढी बिक्रेताहरू, प्रति महिना १५ लाख सक्रिय एप प्रयोगकर्ताहरू र नेपालका १०१ सहरहरूमा डेलिभरीका साथ, दराजले द्रुत रूपमा ईकमर्स स्पेसमा क्रान्तिकारी परिवर्तन गरेको छ ।

प्रतिक्रिया