प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, कोरोनाका सन्द्रर्भमा केहि महत्वपूर्ण निर्णय हुने
काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रिपरीषदको बैठक बोलाएका छन् । बैठक अहिले केहि बेरमै सुरु हुने छ । बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु गर्ने स्रोतले जनाएको छ । ओलीले मिर्गौला प्रत्यारोपण पश्चात मन्त्रिपरिषद बैठक बोलाएको यो पहिलोे पटक हो ।
यस पहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । सो बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिन सबै तयारी गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो । हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ ।
सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ । मन्त्रिपरिषदको आजको बैठकमा हालसम्मको कामको समीक्षा हुने बताइएको छ । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया