यस्तो बन्यो प्रेमगन्जको ‘समय’ (भिडियोसहित)
नेपालखोज
२०७९ असार २५ गते १७:३१

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको फिल्म प्रेमगन्जको तेस्रो गीत ‘समय’ रिलिज भएको छ । गीतमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् ।
स्याड शैलीको गीत तेज गिरीको दृष्टिकोणबाट प्रस्तुत भएको छ । गीतले एउटा कालखण्डमा नजिक रहेका उनीहरू अर्को कालखण्डमा भेट हुँदाको परिस्थितिलाई प्रस्तुत गरेको छ ।
निर्देशक परिच्छेद सेनका अनुसार फिल्ममा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ। तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रशन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।
पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको गीतलाई किरण भुसालले आवाज दिएका छन् । गीतको कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया