श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिन तयार
नेपालखोज
२०७९ असार २५ गते १९:४८

काठमाडाैं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजीनामा दिने भएका छन् । सरकार विरोधी प्रदर्शनले उग्र रूप लिएपछि उनले आफू राजीनामा दिएर संयुक्त सरकार बनाउन तयार रहेको बताएका हुन् ।
आन्दोलनकारीले राष्ट्रपति कार्यालय कब्जामा लिएपछि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री विक्रमासिंघेले राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको बताएका हुन् ।
बैठकमा विपक्षी समागी जन बालवेगया (एसजेबी)ले राष्ट्रपति र प्रधानमन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने, सभामुखले बढीमा ३० दिनसम्म अस्थायी राष्ट्रपतिको रुपमा काम गर्ने, सर्वदलीय सरकार गठन गर्ने र चाँडै चुनाव गराउने माग गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया