वाग्मतीको सहायक नदीमा जलस्तर सतर्कता तह नजिक, उच्च सतर्कता अपनाउन आग्रह
नेपालखोज
२०७९ असार २६ गते २०:३२

काठमाडाैं । काठमाडाैंमा भारी वर्षा भएकाे छ । पछिल्लो २ घण्टामा वाग्मतीको सहायक नदी विष्णुमती, नागमती लगायत साना नदीजलधारमा भारी वर्षा भएकाे हाे ।
विष्णुमती नदी, नयाँबसपार्कमा जलसतह सामान्य अवस्थाबाट करिव २ मिटरले बढेको बाडी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
जलस्तर सतर्कता आसपास पुगेको कारण नदीको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने महाशाखाले जनाएकाे छ । महाशाखाले नदी किनारको सडक भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेकाे छ ।
सम्बन्धित








प्रतिक्रिया