शनिबार, पुष ५, २०८२

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची

नेपालखोज २०७९ असार २७ गते ७:१२

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संदद् सचिवालयले जनाएको छ । 

आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणल राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७२ माथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेकाे छ । साथै उनले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७२ लाई पारित गरियोस्’ भनी प्रस्ताव गर्ने छन् ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ’रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै रेल्वे विधेयक, २०७९ ८ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने तथा राष्ट्रिय सभामा उत्पत्ति भएको रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेकाे छ

प्रतिक्रिया