७७ अंकले नेप्से घटे पनि २ अर्ब ३२ करोडको कारोबार

काठमाडौं । नेप्सेमा भीषण पहिरो गएको छ । साताको दोस्रो दिन भए पनि कारोबार खुलेको पहिलो दिन आज सोमबार नेप्से ७७ दशमलव एक अंकले घटेर १९ सय १५ दशमलव ६१ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव तीन अंकले घटेर तीन सय ६६ दशमलव ८६ अंकमा पुगेको छ ।
दुई सय २७ कम्पनीको ४५ हजार एक सय ९६ पटकको कारोबारमा ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसमा कुल कारोबार रकम दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ समूहहरूको कारोबार भएकामा १३ वटै समूहको सूचक घटेर नेप्से पूरै रातो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ३७ दशमलव दुई अंकले घटेर १३ सय आठ दशमलव २५ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक भने एक सय ५० दशमलव ७८ अंकले घटेर तीन हजार दुई सय ३४ दशमलव २६ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक पनि एक सय १९ दशमलव ३८ अंकले घटेर २१ सय ७९ दशमलव ५० अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ६५ दशमलव ४९ अंकले घटेर सात हजार सात सय ४२ दशमलव १५ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि चार सय ५० दशमलव २२ अंकले घटेर नौ हजार चार सय ५६ दशमलव ८७ अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज सानिमा बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य दुई प्रतिशतले बढेर आठ सय ४१ रुपैयाँ ५० पैसामा कारोबार हुँदा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर ६ सय ७८ रुपैयाँ ६० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज हिमालयन डिस्ट्रिलरी प्रालिको प्रतिकित्ता तीन हजार दुई सय ५५ रुपैयाँ अन्तिम मूल्यमा ११ कारेड चार लाख ३५ हजार चार सय ८९ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया