शुक्रबार, पुष ४, २०८२

इजिप्टका लागि लम्साल र अष्ट्रियामा रेग्मी नियुक्त

नेपालखोज २०७९ असार २७ गते २२:००

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा इजिप्ट र अष्ट्रियाका लागि आवासीय राजदूत नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सुशीलकुमार लम्साललाई इजिप्टका लागि नेपालको आवासीय राजदूत र भरतकुमार रेग्मीलाई गणतन्त्र अष्ट्रियाका लागि नेपालको आवासीय राजदूत तथा संयुक्त राष्ट्रसङ्घ, कार्यालय, भियनाका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया