बिहीबार, जेठ २, २०८२

सन् २०२३ मा भारतको जनसंख्या चीनको भन्दा बढी हुने आकलन

नेपालखोज २०७९ असार २८ गते ९:०६

काठमाडाैं । संयुक्त राष्ट्रसंघको एक तथ्यांकअनुसार अर्को वर्ष भारत विश्वको सर्वाधिक जनसंख्या भएको देश बन्ने तयारीमा छ । त्यसबेला भारतको जनसंख्या १.४ अर्ब पुग्नेछ ।

आउँदो नोभेम्बर सम्ममा पृथ्वीमा मानिसहरूको संख्या ८ अर्ब पुग्नेछ । यद्यपि, जनसङ्ख्या वृद्धि पहिले जस्तो तीव्र गतिमा भएको छैन ।

संयुक्त राष्ट्रसंघका अनुसार हाल जनसंख्या वृद्धि दर सन् १९५० यताकै सबैभन्दा सुस्त गतिमा छ र सन् २०८० को दशकसम्ममा जनसंख्या १०.४ अर्ब पुग्न सक्छ ।

यद्यपि, केही जनंख्या सम्बन्धी विज्ञहरूले उल्लेख गरिएको संख्या, आंकलन गरिएको वर्ष अगावै पुग्न सक्ने बताएका छन् । विश्वको जनसङ्ख्या असमान रूपमा विस्तार भइरहेको छ।

प्रतिक्रिया