सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ जान कति भाडा ?
नेपालखोज
२०७९ असार २८ गते ९:३५

काठमाडाैं । यातायात व्यवस्था विभागले देशै भरीका सार्वजनिक यातायातको भाडा बढाएकाे छ । सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढाएको हो । विभागले हिजाे एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढाएकाे हाे ।
विभागका अनुसार यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित








प्रतिक्रिया