शुक्रबार, पुष ४, २०८२

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच मर्जर सम्झौता, स्वाप रेसियो १:१

नेपालखोज २०७९ असार २८ गते १०:४०

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आपसमा गाभ्ने/गाभिनेका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्सको एक कित्ता सेयरबराबर सिद्धार्थको एक कित्ता (१ः१) हुने गरी भएको प्रारम्भिक समझदारी भएको छ ।

सम्झौतापत्रमा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सका तर्फबाट अध्यक्ष सुरेशलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरु एवं वरिष्ठ पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया