बुद्धनगरबाट चोरीएको मोटरसाईकल गोंगबुबाट नियन्त्रणमा
नेपालखोज
२०७९ असार २८ गते २२:१७

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाईकल सहित एक जनालाई काठमाडौंको गोंगबु चोकबाट नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले सर्लाही हरीवन नगरपालिका वडा नं. १० सुकेपोखरी घर भई हाल काठमाडौं कपन बस्ने वर्ष ३० को मनोज घिमिरेलाई काठमाडौं बुद्धनगरबाट हराएको बागमति प्रदेश ०२ ०२४ प ०१८९ नम्बरको रातो रङको २०० सीसीको पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिएको जानकारी सहप्रवक्ता प्र.ना.उ. बाल नरसिंह राणाले बताए ।
वास्तविक नम्बर बागमति प्रदेश ०२ ०२४ प ०१८९ खुल्न आएको सो मोटरसाईकल जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालीका ७ घर भई हाल बुद्धनगर बस्ने सौगन श्रेष्ठको रहेको छ । नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहीका लागी प्रहरी वृत्त बानेश्वर पठाइएको ट्राफिक कार्यालयले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया