वाग्मतीसहित चारवटा प्रदेशमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको तथा वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको हाे ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ भने देशका प्रदेश नं १ र वाग्मती प्रदेशको पहाडी भूभाग लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोछ भने वग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।








प्रतिक्रिया