शुक्रबार, पुष ४, २०८२

लुम्बिनी जनरल इन्स्योरेन्समा नयाँ संचालक समिति चयन अध्यक्षद्वारा पद तथा गोपनियता ग्रहण

नेपालखोज २०७९ असार २९ गते १९:३२

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने चार जना सञ्चालक पदमा विश्वराज रेग्मी, मनोहर दास मुल, अरुण राज श्रेष्ठ र उमेश रेग्मी (प्रतिनिधि–लुम्बिनी विकास बैंक लि.) निर्बिरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतबाट गरिएको कम्पनीले जानकारी दिएको छ ।

त्यसैगरी कम्पनीको बुधबार नै सम्पन्न नवनिर्वाचित सञ्चालकहरु समेतको बैठकले सञ्चालक समितिको अध्यक्षमा मनोहर दास मुललाई नियुक्त गरेको छ ।

नवनियुक्त अध्यक्ष मुललाई बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बिमा समितिको कार्यालयमा सोही दिन पद तथा गोपनियताको शपथ गराएका छन् ।

शपथ समारोहमा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र कम्पनी सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया