शुक्रबार, पुष ४, २०८२

काठमाडौंमा चितुवाको आक्रमण, एकै घरका ५ जना घाइते

नेपालखोज २०७९ असार ३० गते ७:५६

काठमाडाैं । काठमाडौंको नागार्जुन नगरपालिका–८ भीमढुंगा हर्सनखोलामा गएराति चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् । 

बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित एक घरमा पसेर चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँचजना घाइते भएका हुन् । 

चितुवाको आक्रमणबाट पञ्चकुमार भट्टराईसहित घरमा रहेका पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको जनाइएकाे छ ।

प्रतिक्रिया