शुक्रबार, पुष ४, २०८२

अध्यक्ष प्रचण्ड भोलि भारत भ्रमणमा जाँदै

नेपालखोज २०७९ असार ३० गते ९:५१

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी भाजपाको निमन्त्रणमा प्रचण्ड भारत भ्रमणमा जान लागेका उनकाे सचिवालय जनाएकाे हाे ।

सचिवालयका अनुसार उनी भोलि दिउँसो भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम छ । भारत भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्ने भनिए पनि त्यसबारे केही जानकारी सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया